कोलम्बिया बन्यो विश्वकपको क्वार्टरफाइनलमा पुग्ने सातौं राष्ट्र

नेपालखोज २०८० साउन २३ गते १५:५७

काठमाडौं । नवौ महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने सातौं राष्ट्र कोलम्बिया बनेको छ । कोलम्बियाले मंगलबार खेलिएको प्रिक्वार्टरफाइनल खेलमा जमैकालाई १—० गोलले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

कोलम्बिया र जमैकाबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५१औं मिनेटमा कोलम्बियाले निर्णायक गोल गरेको थियो । कोलम्बियाका लागि क्याटालिना उस्मेले गोल गरेकी थिइन् ।

प्रतिक्रिया