छालाको एलर्जीको वास्तविक कारण के हो ?

काठमाडौं । यो छाला एलर्जीको मौसम हो । मनसुनका कारण कतिपय ठाउँमा बढी पानी परिरहेको छ भने कतिपय ठाउँमा पानी परेपछि घाम लागे सँगै आर्द्रता पनि बढेको छ ।
यहि मौसमि परिवर्तन सँगै आर्द्रताका कारण छाला सम्बन्धी धेरै प्रकारका समस्याहरु देखा पर्छन् । छालाको एलर्जीको वास्तविक कारण के हो ? जानौं :
यो मौसममा वायुमण्डलमा आर्द्रता बढ्छ। हामी पानीमा बाहिर निस्कँदा भिज्छौं। वर्षा रोकिने बित्तिकै आर्द्रता बढ्छ, जसले गर्दा पसिना आउँछ। यी दुबै अवस्थामा छालामा ब्याक्टेरिया बढ्छ जसका कारण फंगल इन्फेक्सन, चिलाउने, दाग तथा छाला सम्बन्धी धेरै प्रकारका समस्या सृजना हुन थाल्छन ।
हाम्रो छाला संवेदनशील हुन्छ। यसमा एलर्जी प्रतिक्रियाहरू हुन्छन्। वर्षामा टाउको धेरै सुख्खा वा धेरै तैलिय हुन्छ। यी दुवै अवस्थामा लुतो सृजना हुन सक्छ भने टाउकोमा लिसो वा अनुहारमा पिम्पल देखिन थाल्छ।
मौसमि परिवर्तन सँगै आर्द्रताका कारण छाला सम्बन्धी धेरै प्रकारका समस्या सृजना हुन्छन् ।

प्रतिक्रिया