‘सर्वोच्चको आदेशले ललितानिवास प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार भयाे’
नेपालखोज
२०८० साउन २३ गते १८:४७

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले ललिता निवास प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै श्रेष्ठले कुनै पनि खालका अपराधलाई निष्पक्ष रूपमा छानबिन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
आइतबार सर्वोच्चको संयुक्त इजलासले बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाउमा पुर्याउन भूमिका खेलेका उच्च पदस्थ व्यक्तिामाथि पनि छानबिन गर्न आदेश दिएकोमा उक्त आदेशले बालुवाटार छानबिनमा थप आधार दिएको बताएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया