एमालेको अवरोधपछि संसद् बैठक भाेलि १ बजेसम्मका लागि स्थगित
नेपालखोज
२०८० साउन २३ गते १८:५७

काठमाडौं । नेकपा (एमाले)को अवरोधपछि संसद् बैठक भाेलिसम्मका लागि स्थगित भएकाे छ । सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएपछि पनि प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गरेकाे थियाे ।
संसदीय छानबिन समिति बनाउनुपर्ने एमालेको मागपछि सभामुख देवराज घिमिरले भाेलि बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेकाे जनाए ।
सम्बन्धित

प्रतिक्रिया