नेपालखोजमा दिनभरकाे खबर सारांश !
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता विन्दु पार गरेको छ । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले आज साँझ ७ बजे सतर्कता विन्दु पार गर्याे ।
गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परि दुईजनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।
साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बू जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरू भयाे ।
सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएपछि पनि एमालेको अवरोधपछि संसद् बैठक भाेलि १ बजेसम्मका लागि स्थगित ।
वर्षामा एलर्जी तथा संक्रमणबाट जोगिन के गर्ने ?
नेप्सेको निरन्तरको गिरावटले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पायाे ।
नेपालको मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा प्रवेश ।
श्रीलंकाले सम्पत्ति शुद्धीकरण, आतङ्कवादको वित्तपोषणलाई रोक्न राष्ट्रिय नीति लागू गर्ने ।

प्रतिक्रिया