आइतबार, वैशाख १६, २०८१

मिसेस नेपाल वर्ल्डको तयारी

नेपालखोज २०८० साउन २७ गते ८:२७

काठमाडाैं । रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने विवाहित महिलाहरू बीचको सौन्दर्य प्रतियोगिता मिसेज नेपाल वर्ल्डका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले बताएका छन् । झाका अनुसार य‍ाे वर्ष मिसेज नेपाल वर्ल्डको विजेताले अमेरिकामा हुने मिसेज वर्ल्डमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् ।

मिसेज नेपाल वर्ल्डसँगै यहि प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल तथा एमएस इन्टरनेसनलका उपाधि विजेता पनि छनौट गरिने छन् । यी तीनवटै उपाधिकालागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटेलमा अडिसन हुनेछ ।

प्रतियोगिताका लागि आवेदन खल्ती एपबाट भर्न सकिनेछ भने आयोजक संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट पनि आवेदन प्राप्त गर्न सकिनेछ ।

आयोजक संस्थाका अनुसार मिसेज नेपाल वर्ल्डकि विजेताले २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने मिसेज वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन भने मिसेज नेपाल इन्टरनेसनल तथा एमएस इन्टरनेसनलका बिजेताले सिंगापुरमा हुने मिसेज इन्टरनेसनलमा सहभागिता जनाउने छन् ।

मिसेस वर्ल्डमा नेपालको यो दोश्रो सहभागिता हुनेछ । अडिसनबाट छानिएका प्रतियोगिहरुलाई अश्विनी झाले कोरियोग्राफी गर्नेछन् भने विभिन्न विषयका विज्ञहरुबाट प्रशिक्षण प्रदान गरिने बताइएको छ । गएको डिसेम्बरमा सम्पन्न मिसेस वर्ल्ड ( २०२२ मा नेपालको प्रतिनिधित्व दिक्षा केसीले गरेकी थिइन् ।

यो प्रतियोगिताको पहिलो संस्करणमा अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल तथा गत वर्ष अभिनेत्री गौरी मल्ललाई मानार्थ एमएस इन्टरनेशनलको उपाधिले सम्मानित गरिएको थियो ।

प्रतिक्रिया