मंगलबार, जेठ ८, २०८१

अभिनेत्री गुरुङको कविता सङ्ग्रह

नेपालखोज २०८० साउन २७ गते १३:३५

काठमाडौं । अभिनेत्री कविता गुरुङले कविता सङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ बजारमा ल्याएकी छिन् । चलचित्र ‘बबी’ मा अभिनय गरेकी गुरुङले जीवनका भोगाइ र अनुभव कवितामार्फत् उतारेको बताईन् ।

उनले भनिन्, ‘म कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मन लागेकाले तयार गरेकी हुँ । यसमा यथार्थ छ ।’

दस कविता सङ्ग्रहित पहिलो पुस्तक सार्वजनिक गरेको बताउँदै गुरुङले अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने जानकारी दिईन् । उनले गत वर्ष ‘म अनि मेरो’ नामक आत्मकथा ल्याएकी थिईन् ।

आत्मकथामा उनले ‘कलेज लाइफ’, प्रेम, अन्तरजातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई चित्रण गरेकी थिईन् । उनले कविता सङ्ग्रहमा पनि जीवनका त्यही कालखण्डका भोगाइ प्रस्तुत गरेकी छिन् ।

प्रतिक्रिया