सोमबार, वैशाख १७, २०८१

भित्रिदैछ अर्को इलेक्ट्रिक एसयूभी

नेपालखोज २०८० साउन २७ गते १३:४२

काठमाडौं । बजारमा इलेक्ट्रिक एसयूभीको माग बढ्न थालेसँगै नयाँ ब्रान्डका इलेक्ट्रिक भेइकल भित्रिने क्रम पनि बढेको छ।

यसक्रममा एमएडव्लू ग्रुप अन्तर्गतको कम्पनी एमएडव्लू बृद्धीले सेरेस ब्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी नेपाल ल्याउने अन्तिम तयारी गरेकाे छ।

यो नयाँ एसयूभी भदौ २६ देखी काठमाडौँमा आयोजना हुने नाडा अटो सोमा औपचारिक लन्च गर्ने तयारी छ। सेरेस-३ नेपाल आएपछि यसको सिधा प्रतिस्पर्धा एमजी जेडएस, टाटा नेक्सन तथा बीवाइडी एट्टो-३ सँग हुने छ।

यो नयाँ एसयूभीमा ५० किलोवाट आवरको व्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ। एकपटकको सिंगल चार्जमा यसलाई ४०० किलोमिटर गुडाउन सकिने दावी कम्पनीको छ । यसको पावर १६३ पीएस र टर्क ३०० एनएम छ।

दुई भेरिएन्टमा नेपाल आउन लागेको सेरेस-३ को टप भेरिएन्टमा सनरुफ, ३६० डिग्री क्यामेरा तगा एडिएएस जस्ता फिचर रहने छन ।

प्रतिक्रिया