शनिबार, वैशाख २२, २०८१

मोबाइल चार्जिङमा समस्या छ ?

नेपालखोज २०८० साउन ३० गते १५:०१

यी उपयोगी मोबाइल चार्जिङ टिप्सको मद्दतले आफ्नो मोबाइलको ब्याट्रीको आयु बढाउन सकिन्छ ।

सही चार्जरको प्रयोग

सधैँ आफ्नो डिभाइससँग आएको चार्जर प्रयोग गर्नुपर्छ वा प्रमाणित चार्जर प्रयोग गर्नुपर्छ । सस्तो चार्जरले फोनको ब्याट्री र डिभाइस दुबैलाई हानि पुर्‍याउन सक्छ।

अत्यधिक तापमानबाट जोगिने

उच्च र कम तापक्रमले ब्याट्रीको कार्यसम्पादनलाई असर गर्न सक्छ। चार्ज गर्दा वा नियमित प्रयोग गर्दा आफ्नो यन्त्रलाई अत्यधिक तातो वा चिसो ठाउँमा राख्नु हुँदैन ।

फुल चार्ज भए प्लग निकाल्ने

जब कुनै उपकरण ९५ प्रतिशत चार्ज हुन्छ तब यसलाई अनप्लग गर्नुपर्छ । १०० प्रतिशत सम्मको ब्याट्री प्राप्त गर्ने पासोमा पर्नुहुँदैन । कुनै पनि डिभाइसलाई लगातार प्लग इन गर्नाले ब्याट्री बिग्रन सक्छ ।

नियमित रूपमा चार्ज गर्ने

मोबाइलमा सामान्यतया लिथियम आयन ब्याट्री हुन्छ । फोनलाई पूर्ण रूपमा डिस्चार्ज गर्नुहुँदैन । आफ्नो फोनमा २०-३० प्रतिशत ब्याट्री हुँदा मात्र यसलाई चार्ज गर्नुउपयुक्त हुन्छ ।

ब्याट्री सेभर मोड

स्मार्टफोन ब्याट्री सेभर मोडको साथ आउँछ जसले यसको कार्यसम्पादन भार कम गर्छ र ब्याकग्राउन्डमा हुने क्रियाकलापहरूलाई सीमित गर्दछ जसले गर्दा ब्याट्री बचत हुन्छ।

स्क्रीन ब्राइटनेस

आफ्नो स्क्रिनको चमक घटाएर वा एडेप्टिभ ब्राइटनेस प्रयोग गरेर पनि ब्याट्री बचत गर्न सकिन्छ ।

अनावश्यक एप्सहरू बन्द गर्ने

ब्याकग्राउन्डमा चल्ने एपहरूले ब्याट्री प्रयोग गरिरहेका हुन्छन् । यस्ता एप बन्द गरेर ब्याट्री बचत गर्न सकिन्छ।

प्रतिक्रिया