आइतबार, वैशाख १६, २०८१

फिटनेस : व्यायामको कति समय पछि पानी पिउने ?

नेपालखोज २०८० साउन ३१ गते ७:२३

काठमाडाैं । स्वस्थ रहन व्यायाम निकै महत्त्वपूर्ण छ । तर धेरै पटक हामी केही साना तिना गल्ती गर्छौं जसका कारण शरीरलाई फाइदा हुँदैन । उदाहरणका लागी व्यायाम पछि तुरुन्तै पानी पिउने बानि लाई लिन सकिन्छ जसले हामिलाई बिरामी बनाउन सक्छ। यता पानीको कमीले शरीरमा डिहाइड्रेसन हुन सक्छ र मांसपेशीको पिडा र कठोर मांसपेशीको समस्या हुन सक्छ। यस्तो अवस्थामा व्यायाम गरेपछि कति समय पछि पानी पिउने भन्ने प्रश्न उठ्छ । यसका साथै कति पानी पिउने र पानी पिउने सहि तरिका के हो भन्ने बिषयमा पनि जानकारी लिनु उपयुक्त हुन्छ ।

व्यायाम गरेको २० देखि ३० मिनेटपछि पानी पिउनुपर्छ । वास्तवमा यो विधिले हाम्रो शरीरलाई चिसो हुने मौका दिन्छ र त्यसपछि रिहाइड्रेसन प्रक्रिया सुरु गर्छ। त्यसैले व्यायामका क्रममा प्रत्येक १० देखि २० मिनेटमा ७ देखि १० औंस पानी पिउन सकिन्छ । ब्यायाम पछि ३० मिनेट आरामसँग बसि आधा लिटर पानी पिउनुपर्छ । तर एकै पटक धेरै पानी पिउने प्रयास गर्नुहुँदैन किनभने यसले शरीरलाई हानि पुर्‍याउन सक्छ।

व्यायाम पछि पानी पिउनुका फाइदा

हाम्रो मांसपेशीमा लगभग ७६ प्रतिशत पानी हुन्छ । व्यायाम गरेपछि शरीरले पसिनासँगै यो पानी पनि गुमाउँछ, जसले डिहाइड्रेसन निम्त्याउँछ । तसर्थ व्यायाम पछि पानी पिए डिहाइड्रेसन रोक्न मद्दत मिल्छ । यसले ऐंठन रोक्न मद्दत गर्दछ र मांसपेशीलाई सामान्य रूपमा संकुचन गर्न अनुमति दिन्छ जसले गर्दा मसल्स दोब्रिन वा बाउँडिन पाउँदैन ।

यसबाहेक व्यायामपछि पानी पिउँदा शरीरको तापक्रम सामान्य रहन्छ । शरीरमा हुने हरेक प्रक्रियाका लागि पानी आवश्यक छ । पानीको कमीको कारण व्यायाम पछि शरीर फुल्न वा सुन्निन सक्छ जुन खासगरि खुट्टा, हात र शरीरका अन्य भागहरूमा देखिन्छ । पानीले रक्तचाप सन्तुलनमा राख्न मद्दत गर्छ र मुटु तथा पेटको समस्याबाट जोगाउँछ । त्यसैले व्यायाम पछि पानी पिउनुपर्छ ।

प्रतिक्रिया