शनिबार, वैशाख २२, २०८१

नेटफ्लिक्स अनलाइन गेमिङको संसारमा

नेपालखोज २०८० साउन ३१ गते ११:४४

काठमाडौं । भिडियो स्ट्रिमिङ सेवा नेटफ्लिक्सले (Netflix) अनलाइन गेमको संसारमा ठूलो कदम चालेको छ । कम्पनीले आफ्नो क्लाउड स्ट्रिम गेमको पहिलो सार्वजनिक परीक्षण सुरु गरिसकेको छ ।

यी खेल निश्चित टिभि सेट , टिभी सँग जडान भएका यन्त्र तथा Netflix.com मा उपलब्ध हुनेछन् । यो परीक्षण अन्तर्गत दुई खेल हुनेछन्। यसमा नाइट स्कूल स्टुडियोको ओक्सनफ्री तथा मोल्यूज माइनिङ एडभेन्चर समावेश छन ।

हामीले क्यानडा र युकेका केहि सदस्यका लागि Netflix.com मार्फत चयन गरिएका टिभी र समर्थित ब्राउजरहरूमा सीमित परीक्षण सुरु गर्दैछौं – नेटफ्लिक्सका खेलका उपाध्यक्ष माइक भेर्डुले एक प्रेस विज्ञप्तिमा भनेका छन् । क्यानाडा र बेलायतमा पनि, यो परीक्षण प्रारम्भिक दिनहरूमा सदस्यहरूको सानो संख्यामा सीमित हुनेछ। त्यसैले यी देशका सबै ग्राहकले तत्काल यो गेम खेल्न पाउने छैनन्।

नाइट स्कूल स्टुडियो नेटफ्लिक्सको आफ्नै गेमिङ स्टुडियो हो । जबकि मोल्यूज माइनिङ एडभेन्चर एक रत्न-खनन आर्केड खेल हो। हाल क्यानाडा र बेलायतमा नेटफ्लिक्स प्रयोगकर्ताले मात्र यी खेलहरूको आनन्द लिन सक्नेछन्। यदि बीटा चरणमा परीक्षणको प्रतिक्रिया ठिक रह्यो भने कम्पनीले आम मानिसमा यो सुविधा पुर्याउनेछ । यद्यपि कहिलेकाहीँ यो त्यस्ता परीक्षण बिटामा मात्र सीमित पनि भएका छन् ।

२०२१ मा आएको थियो मोबाइल गेम

यसअघि नोभेम्बर २०२१ मा कम्पनीले आफ्ना ग्राहकहरूका लागि निःशुल्क मोबाइल गेमिङ सुरु गरेको थियो। यो एन्ड्रोइड र आईओएस मोबाइलहरूमा उपलब्ध छ। मोबाइलमा नेटफ्लिक्स एपका लागि पाँच खेलहरू लन्च गरिएका थिए। यसमा स्ट्रेन्जर थिंग्स : १९८४ , स्ट्रेन्जर थिंग्स – ३ : द गेम, शूटिङ हुप्स, कार्ड ब्लास्ट र टीटर अप समावेश थिए । यो नयाँ बिटा परीक्षणले मानिसहरूलाई धेरै ठाउँमा नेटफ्लिक्स गेमहरू खेल्न अनुमति दिनेछ।

भेर्डु भन्छन – हामी रमाइलो गर्ने हरेक यन्त्रमा नेटफ्लिक्स खेल खेल्न योग्य बनाउन पहिलो कदम चालिरहेका छौं। यसमा टिभी, कम्प्युटर र मोबाइल समावेश छन्। मानिसहरूले टिभीमा गेम खेल्न आफ्नो मोबाइल प्रयोग गर्न सक्छन्। जबकि किबोर्ड र माउस पीसी र म्याकमा Netflix.com मा खेल खेल्न पर्याप्त छन्।

केही उपकरणमा उपलब्ध

शुरूआती दिनमा यी गेम्स यहाँ उपलब्ध हुनेछन : अमेजन फायर टीभी स्ट्रीमिङ , मीडिया प्लेयर्स, गूगल टीभी का साथ क्रोमकास्ट, एलजीको टीभी, एनभीडिया शील्ड टीभी, रोकूका उपकरण तथा टीभी, सामसुङका स्मार्ट टीभी र वालमार्ट ओएनएन । भेर्डुका अनुसार यसमा अरुलाई जोडने क्रम निरन्तर जारिरहनेछ ।

प्रतिक्रिया