मंगलबार, वैशाख १८, २०८१

नेप्सेमा उच्च गिरावट कायम नै

नेपालखोज २०८० साउन ३१ गते १५:४३

काठमाडौं । नेप्सेमा देखिएको उच्च गिरावटले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन झण्डै ३२ अंकले घटेको नेप्से आज पुन २० दशमलव ३१ अंकले घटेर दुई हजार २५ दशमलव १२ अंकमा पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५४ अंकले घटेर तीन सय ८६ दशमलव ३० अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ६९ वटा कम्पनीहरुको ४५ हजार एक सय ६७ पटकको कारोबारमा ४८ लाख ३८ हजार एक सय छ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ६७ करोड ९९ लाख ८० हजार छ सय २३ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ४१ अंकले घटेर १२ सय ७० दशमलव ९२ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि १९ दशमलव ११ अंकले घटेर तीन हजार सात सय ९१ दशमलव ८६ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि २३ दशमलव ५७ अंकले घटेर १७ सय १२ दशमलव ५२ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ४० दशमलव १० अंकले घटेर २१ सय २६ दशमलव ८० अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ९६ दशमलव १४ अंकले घटेर ११ हजार ९० दशमलव ५० अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ९७ दशमलव ४१ अंकले घटेर १० हजार सात सय ८३ दशमलव ५० अंकमा झरेको ८३ दशमलव ५० अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष , अन्य र टे«डिङ समुहहरुको सुचक पनि क्रमशः शुन्य दशमलव ६४, शुन्य दशमलव ३५, ८६ दशमलव १२, ४५ दशमलव १८, शुन्य दशमलव २२, १९ दशमलव १६ र ३५ दशमलव ७० अंकले घटेका छन् ।

नेप्सेमा आज सनराईज फोकस इक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य चार प्र्रतिशतले बढेर आठ रुपैंयाँ ३२ पैसामा प्रतियुनिट सेयर कारोबार भएकोमा माउन्टेन हाईड्रो नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव शुन्य छ प्रतिशतले घटेर एक सय ९४ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी हिमालयन डिष्ट्रिलरी प्रालीको भने प्रतिकित्ता एक हजार नौं सय ६९ रुपैंयाँ अन्तिम मुल्यमा आठ करोड ४१ लाख ५० हजार एक सय ६० रुपैंयाँ पुगेको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया