शनिबार, वैशाख २२, २०८१

त्रिवि सेवा आयोगका अध्यक्षको पद बहाली

नेपालखोज २०८० साउन ३१ गते १५:४८

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. घनश्याम भट्टराईले आज पदबहाली गरेका छन् ।

एक वर्षदेखि रिक्त सो पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. भट्टराई मङ्गलबार नियुक्त गरेका थिए ।

आयोगका अध्यक्ष लालुप्रसाद यादवको कार्यकाल २०७९ साउन १८ गते सकिएपछि उक्त पद रिक्त हुँदा त्रिविमा सेवा आयोगका काम आलपत्र हुँदै आएका थिए ।

प्रतिक्रिया