आइतबार, वैशाख १६, २०८१

फिटनेस : मर्निङवाकबाट आएपछि के गर्ने ?

नेपालखोज २०८० साउन ३२ गते ७:२५

काठमाडाैं । बिहानको पैदल यात्रा हाम्रो जीवनशैलीको प्राथमिकता हुनुपर्छ किनभने बिहानको यो समयमा हाम्रो दिमाग मात्र शान्त हुँदैन निन्द्रा बाट ब्यूँझिएपछि हाम्रो सम्पूर्ण शरीर एउटा हीलिङ प्रोसेसमा हुन्छ ।

यस्तो अवस्थामा मर्निङ वाक गर्दा रक्तसञ्चार छिटो हुन्छ, अक्सिजनको स्तर ठीक हुन्छ, तनावको स्तर कम हुन्छ, शरीरमा बोसो सन्तुलन हुन्छ र हामि स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याबाट जोगिन सक्छौं । यी त भए बिहानको पैदल यात्राका फाइदा । तर बिहान मर्निङ वाक पछि के गर्ने भन्ने प्रश्न छ । मर्निङ वाकपछि के गर्ने त ?

आफैंलाई कुल डाउन गर्ने

बिहानको हिडाई र व्यायामले हाम्रो शरीरलाई तीव्र गति दिन्छ । यस्तो अवस्थामा हामी हिँडेर फर्केर आउँदा अन्य क्रियाकलाप सुरु गर्नुअघि शरीरलाई कुल हुने मौका दिनुपर्छ । यसले बिस्तारै मुटुको गति कम गर्न, ल्याक्टिक एसिड निर्माण हुनबाट रोक्न र खुट्टाको दुखाइ तथा भारीपनबाट जोगिन मद्दत गर्दछ। त्यस कारण बिहानको पैदल यात्रा पछि १० मिनेट जति चुपचाप बस्नुपर्छ ।

थोरै स्ट्रेचिङ एक्सरसाइज

हाम्रा मांसपेशीहरू हिडाई पछि ताता हुन सक्छन् र स्ट्रेचिङले मांसपेशी दुखाइ कम गर्न र त्यसको लचिलोपन सुधार गर्न मद्दत गर्छ अन्यथा, यदि अचानक बस्ने हो भने दिनभरि मांसपेशीको पिडा महसुस हुन सक्छ । आफैलाई रिहाइड्रेट गर्ने किनभने हिँडेर आए पछि हाम्रो शरिरले सारा उर्जा प्रयोग गरिसकेको हुन्छ र शरिरको सारा पानी पनि बगिसकेको हुनुपर्छ । यस्तो अवस्थामा हिँडेर आए पछि आफैलाई रिहाइड्रेट गर्नुपर्छ । यसका लागि इलेक्ट्रोलाइट पेय वा पानी पिउन सकिन्छ ।
यदि मनलाग्छ भने लेमोनेड व कागति पानी पनि उपयुक्त हुन्छ ।

प्रोटिन शेक वा केराको प्रयोग

अब आफ्नो शरीरलाई उर्जा दिन प्रोटिन शेक पिउनु पर्छ । यति मात्र होइन मांसपेशीका लागि सबैभन्दा फाइदाजनक फल केरा पनि खान सकिन्छ । केरा मांसपेशी निर्माणमा सहयोगी हुन सक्छ। यसले मांसपेशिहरुको गतिविधि लाई सुधार गर्न मद्दत गर्छ

प्रतिक्रिया