शुक्रबार, जेठ ३१, २०८२

फिटनेस : बलियो र तन्दुरुस्त मांसपेशीका लागि

नेपालखोज २०८० भदौ १ गते ६:४५

काठमाडाैं । बलियो र तन्दुरुस्त शरीर अनि मांसपेशीको चाहना कसलाई हुँदैन र ? यसका लागि युवाहरूले धेरै मेहनत पनि गर्छन् । उनीहरु जिममा पसिना बगाउँछन् र विभिन्न डाइट प्लानहरू पछ्याउँछन् । स्पष्ट रूपमा भन्ने हो भने मांसपेशि निर्माण सजिलो काम होईन । यसका लागि लगनशील भै प्रसस्त मेहनत गर्नुपर्छ । धेरैजसो मानिसहरु जिममा धेरै पसिना बगाउँछन् तर पनि उनीहरुको शरीर बन्न सकेको हुँदैन ।

यो सम्भव छ कि उनीहरू व्यायाम वा कसरतको अन्य विधिमा केहि गलत गर्दैछन् । यदि तपाईं पनि त्यस्ता व्यक्तिहरूमध्ये हुनुहुन्छ भने वैज्ञानिकहरूले शरीरलाई मांसपेशी लुक दिने एक विशेष उपाय पत्ता लगाएका छन् जसले कम समयमै मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ ।

‘Frontiersin.org मा प्रकाशित एक अध्ययन अनुसार दिनको तीन सेकेन्ड प्रतिरोधात्मक व्यायाम गर्दा मांसपेशीको बल बढ्न सक्छ । अन्वेषकहरू भन्छन्- स्ट्रेचिङ व्यायामले रेशायुक्त तन्तुहरूलाई अझ सजिलै बलियो बनाउन मद्दत गर्छ ।

हात बलियो बनाउन व्यायाम

वैज्ञानिकहरूको समुहले २६ जना युवालाई एक महिनाका लागि हप्तामा दुई वा तीन दिन मात्र तीन सेकेन्डको bicep contractions एक्सरसाइज गर्न सल्लाह दिए । एक महिना पछि हप्तामा दुई पटक व्यायाम गर्नेहरूको बाइसेप्समा कुनै परिवर्तन भएन तर हप्तामा तीन पटक व्यायाम गर्ने युवाहरूको बाइसेप्स बलियो भएको पाईयो । उनिहरुको मांसपेशीको बलमा ११.५ प्रतिशतले सुधार आएको थियो ।

३ सेकेण्डको व्यायामले शरीरका सबै मांसपेशीलाई बलियो बनाउन सक्छ । अन्वेषकहरू के स्वीकार गर्छन् भने उनीहरूले अझै अन्य मांसपेशीहरूको परीक्षण गरेका छैनन् तर उनीहरूलाई विश्वास छ यदि तीन-सेकेन्डको नियम अन्य मांसपेशीमा लागू हुन्छ भने ३० सेकेन्डभन्दा कममा पूर्ण-शारीरिक कसरत गर्न सकिन्छ ।

वैज्ञानिकहरूले भनेका छन् – यस्तो छोटो कसरतले मुटुको स्वास्थ्यमा खासै फरक पर्दैन बरु यसले मांसपेशी मात्र बलियो हो । तीन सेकेन्डको लागि eccentric bicep contractions गर्नाले राम्रो शारीरिक परिणाम प्राप्त हुन सक्छ ।

विशेष सावधानी : यो लेख सामान्य जानकारीका लागि मात्र हो । यो कुनै पनि तरिकाले कुनै पनि औषधि वा उपचारको विकल्प हुन सक्दैन। कुनै पनि उपाय अपनाउनु अघि सधैं आफ्नो डाक्टर वा अन्य बिज्ञहरुसँग परामर्श गर्नुपर्छ ।

प्रतिक्रिया