आइतबार, वैशाख २३, २०८१

सिङ्गापुरको राष्ट्रपतीय निर्वाचनका लागि तीन जना उम्मेदवारहरु योग्य

नेपालखोज २०८० भदौ १ गते १३:४२

सिङ्गापुर । सिङ्गापुरको राष्ट्रपति निर्वाचनका लागि तीन जना उमेद्वार योग्य देखिएका छन् ।

निर्वाचन समितिले शुक्रबार वरिष्ठ लगानीकर्ता एनजी कोक सोङ, पूर्व वरिष्ठ मन्त्री शान्मुगरत्नम थर्मन र राष्ट्रिय ट्रेड युनियन कांग्रेसका पूर्व आय प्रमुख तान किन लियानलाई योग्यताको प्रमाणपत्र जारी गरेको छ ।

सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले अगस्ट २२ मा मनोनयन गर्ने दिन तय गर्दै राष्ट्रपति चुनावको रिट जारी गरेका छन् । राष्ट्रपतिको निर्वाचन सेप्टेम्बर १ मा हुँदैछ ।

प्रतिक्रिया