आइतबार, जेठ ६, २०८१

एचआईभी पीडितहरूलाई प्रतिबन्ध ?

नेपालखोज २०८० भदौ २ गते १५:५८

काठमाडाैं । एचआईभी सङ्क्रमित व्यक्तिहरूको अधिकारका लागि काम गर्ने व्यक्तिहरूले उनीहरूलाई सबै देशमा आवतजावत र यात्राको पूर्ण स्वतन्त्रता हुनुपर्छ भन्ने माग गरिरहेका छन्। आज पनि विश्वमा ४० वटा देश छन् जहाँ एचआईभी पोजिटिभ व्यक्तिको यात्रामा कुनै न कुनै प्रकारको प्रतिबन्ध लगाइएको छ ।

एड्सम्याप (AIDSMAP ) नामक संस्थाका अनुसार विश्वका धेरैजसो देशले एचआईभी सङ्क्रमित व्यक्तिको आवतजावतमा कुनै प्रतिबन्ध लगाउँदैनन् तर प्रतिबन्ध लागू भएका ४० देशमा त्यसको स्तर र कडाई फरक छ । २०२१ मा यूएनएड्स ( UNAIDS ) ले ४८ देशको सूची जारी गरेक‍ो थियो जहाँ एचआईभी-पोजिटिभ व्यक्तिहरूको यात्रामा केही प्रकारका प्रतिबन्ध छन् ।

ती देश हुन् : अंगोला, अरूबा, अष्ट्रेलिया, अजरबैजान, बहराइन, बेलीज, बोस्निया-हर्जेगोभिना, ब्रुनाई, केम्यान आईल्यान्ड , कुक आईल्यान्ड , क्युबा, डोमिनिकन गणतन्त्र, इजिप्ट, इन्डोनेसिया, इराक, इजरायल, जोर्डन, काजाकिस्तान, कुवेत, किर्गिस्तान, लेबनान, मलेशिया, मालदीव्स , मार्शल आईल्यान्ड , पपुवा न्यू गिनी, पाराग्वे, कतार, रूस, सेन्ट किट्स र नेभिस, सामोआ, साउदी अरब, सेन्ट भिन्सेन्ट, सिंगापुर, सोलोमन टापु, सुडान, सिरिया, टोंगा, ट्युनिसिया, तुर्कमेनिस्तान, टर्क्स एण्ड काइकोस, टुभालु, युक्रेन, युएई र यमन।

एड्सम्यापका अनुसार केही देशमा खुकुला खालका प्रतिबन्धहरू छन्, जसको अर्थ एचआईभी-पोजिटिभ व्यक्तिहरू छुट्टीका लागि वा छोटो अवधिका लागि त्यहाँ जान सक्छन् तर त्यहाँ बस्न र काम गर्न अनुमति छैन ।

ब्रुनाई, इक्वेटोरियल गिनी, इरान, इराक, जोर्डन, रुस, सोलोमन टापु, संयुक्त अरब इमिरेट्स तथा यमन ती देश हुन् जहाँ एचआईभी संक्रमित व्यक्तिलाई प्रवेशमा कडाइ छ । भुटान, इजिप्ट, किर्गिस्तान, मार्शल टापुहरू, सुरिनाम, सिरिया तथा ट्युनिसियामा एचआईभी भएका मानिसहरूले छोटो अवधिका लागि भ्रमण गर्न सक्छन् तर उनीहरूलाई लामो समयसम्म बस्न दिइँदैन।

यस बाहेक धेरै देशहरू त्यस्ता छन् जहाँ एचआईभी प्रभावित यात्रीहरूका लागि कानून स्पष्ट छैन। मलेशिया, माइक्रोनेसिया, निकारागुआ, नाइजेरिया, कतार, श्रीलंका, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट भिन्सेन्ट र ग्रेनेडाइन्स तथा टोंगा जस्ता देशले यात्रा गर्दा एचआईभीका बारेमा कुनै प्रश्न सोध्दैनन् र यात्रामा यो कुरा मुद्दा बन्दैन । धेरै देशहरूमा, कानूनको स्थिति स्पष्ट छैन, तर त्यहाँ एचआईभी पोजिटिभ पाइए विदेशी नागरिकहरूलाई देश निकाला गर्न सकिन्छ।

बहराइन, ब्रुनाई, चीन, इजिप्ट, इक्वेटोरियल गिनी, इराक, जोर्डन, उत्तर कोरिया, कुवेत, लेबनान, मलेसिया, ओमान, कतार, रुस, साउदी अरेबिया, सिरिया, युएई तथा यमनमा एचआईभी पोजिटिभ देखिए विदेशी नागरिकलाई देश निकाला गर्न सकिन्छ।

प्रतिक्रिया