शनिबार, वैशाख १५, २०८१

फिटनेस : मनमा तनाव बढ्यो तुरुन्तै गर्नुहोस् ३ काम

नेपालखोज २०८० भदौ ३ गते ७:१४

काठमाडाैं । हामीले मानसिक स्वास्थ्यमा जति ध्यान दिनुपर्छ हामी यसमा त्यति नै बेवास्ता गर्छौं । हामी हरेक दिन तनाव, चिन्ता र चुनौतीहरूसँग जुधिरहेका हुन्छौं । नियन्त्रण बाहिर गए यी कुनै पनि भावना खतरनाक हुन सक्छन् । यसले हामीलाई मानसिक मात्र होइन शारीरिक रुपमा पनि कमजोर बनाउँछ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार कमजोर मानसिक स्वास्थ्यका कारण मुटुरोग, मधुमेह, पक्षघात जस्ता घातक रोगले घेर्न सक्छ ।

यद्यपि यो समस्या एक पलमा हल गर्न सकिन्छ ।

तुरुन्तै बाहिर निस्कने

यदि घर, अफिस वा कुनै बन्द ठाउँमा तनाव उत्पन्न भयो भने तुरुन्तै त्यहाँबाट बाहिर निस्कनुपर्छ । नजिकैको पार्क, पोखरी वा प्राकृतिक स्थानमा पुगेर त्यहाँ टहल्न सकिन्छ । यसले शरीरमा रक्तसञ्चारको गति बढ्छ र मस्तिष्कलाई अक्सिजन प्राप्त हुन्छ भने मुड सुधार गर्ने हार्मोन पनि बढ्नेछ । यो अभ्यास दैनिक बिहान पनि गर्न सकिन्छ ।

संगीत सुन्ने

संगीतले हनम्रो मूडमा गहिरो प्रभाव पार्छ । त्यसैले दुःखी गीत सुन्दा हामी प्रायः दुःखी र रोमान्टिक गित सुन्दा हामि रोमान्टिक हुन्छौँ । यसलाई हनमि तनाव र चिन्ता बिरूद्धको हतियार पनि बनाउन सक्छौं । संसार र आफ्नो दिमागको कोलाहल बन्द गरि आराम र खुसीका गीतहरू सुन्दा यसले तत्काल लाभ दिनेछ ।

मानसिक स्वास्थ्यको ख्याल

भान्सा तनाव हटाउने ठाउँ हो । तनाव/डिप्रेसनमा आत्म/विश्वासको कमी हुन्छ र आफैँमाथि प्रश्न उठ्छ । यो समस्याबाट बाहिर निस्कन सफलता प्राप्त गर्नुभन्दा राम्रो अरू कुनै उपाय छैन । हामी भान्सामा पनि यो सफलता प्राप्त गर्न सक्छौं । भान्साकोठामा गएर केहि उत्कृष्ट व्यंजन बनाउने हो भने यसको आउटपुट देखेर जो कोहि खुसी हुनुहुनेछ।

ग्याजेटहरू लाई बाई गर्नु मै भलो हुन्छ । धेरै अनुसन्धानले कम्प्यूटर, मोबाइल, ल्यापटपको अत्याधिक प्रयोगले डिप्रेसन, कम निद्रा, घाँटी दुख्ने, खराब मुद्रा आदिको समस्या सृजना गरेको पाइएको छ । जसले हाम्रो समस्यालाई गम्भीर बनाउन सक्छ । त्यसैले केही समय यी ग्याजेटहरूबाट टाढा रहेर साथीहरू वा परिवारसँग समय बिताउनु उपयुक्त हुन्छ ।

विशेष सावधानी : यो लेख सामान्य जानकारीका लागि मात्र हो । यो कुनै पनि तरिकाले कुनै पनि औषधि वा उपचारको विकल्प हुन सक्दैन । कुनै पनि उपाय अपनाउनु अघि सधैं आफ्नो डाक्टर वा अन्य बिज्ञहरुसँग परामर्श गर्नुपर्छ ।

प्रतिक्रिया