शनिबार, वैशाख २२, २०८१

ओटीटीले उछिन्यो टेलिभिजनलाई

नेपालखोज २०८० भदौ ३ गते ११:२४

काठमाडौं । आधुनिक ओटीटी प्लेटफर्महरूले अमेरिकामा परम्परागत टिभी विरुद्धको युद्ध जितेका छन् ।

अमेरिकामा स्ट्रिमिङले जुलाईमा कुल उपयोगको रेकर्ड ३८.७ प्रतिशत भाग ओगट्यो जुन नयाँ रेकर्ड हो । अमेजन प्राइम भिडियो, नेटफ्लिक्स र युट्युब सबै दर्शकको हिसाबले उच्चतम स्तरमा रहे ।

परम्परागत टिभी पछाडि

जुलाईको अन्त्यमा टिभी दर्शक संख्या कुल प्रसारणको ३.६ प्रतिशतले घटेर २० प्रतिशतमा सिमित भएको छ जुन नयाँ न्यूनतम बिन्दु हो । यसैगरि ब्रोडकास्ट युज पनि वार्षिक ५.४ प्रतिशतले घटेको छ ।

नेलसन प्रतिवेदनले उल्लेख गरे अनुसार – जुनदेखि समग्रमा टिभीको प्रयोग थोरै (०.२ प्रतिशत) बढेको छ भने १८ वर्ष मुनिका मानिसहरूमा चार प्रतिशत बृद्धि तथा १८ वर्ष वा सोभन्दा माथिका वयस्कहरूमा ०.३ प्रतिशत गिरावट दर्ता गरिएको छ।

रिपोर्ट अनुसार नयाँ प्रवृतिले स्ट्रिमिङ र अन्य माध्यमको प्रयोगमा बृद्धि आएको देखाएको छ , मुख्यतया भिडियो गेम कन्सोलहरूका कारणले।

यसको तुलनामा विभिन्न च्यानलहरूमा अमेरिकी खेल प्रसारणहरूले जुलाईमा लगभग २५ बिलियन एयर मिनेट खपत गरेको छ । विशेष गरी नयाँ एनएफएल सिजनको सुरुवातसँगै टिभी तालिका अक्टोबरदेखि परिवर्तन हुन सक्छ।

रिपोर्टमा भनिएको छ – यो पतनले टेलिभिजनमा नयाँ मौलिक प्राइम टाइम सामग्रीको सम्भावना बढाएको छ भने स्ट्रिमिङ च्यानलहरूको सफलताले यसको कंन्टेन्टको ताकत लाई उजागर वा हाइलाइट गरेको छ ।

प्रतिक्रिया