मंगलबार, असार ५, २०८१

एक अर्ब ३३ करोड रुपैंयाँको सेयर किनबेच

नेपालखोज २०८० भदौ ५ गते १५:३४

काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन झन्डै १३ अंकले घटेको नेप्से आज भने १७ दशमलव ६९ अंकले बढेर दुई हजार १५ दशमलव ९८ अंकमा चढेको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३६ अंकले बढेर तीन सय ८५ दशमलव ९८ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ७७ वटा कम्पनीहरुको ३४ हजार पाँच सय आठ पटकको कारोबारमा ६० लाख ३१ हजार तीन सय ५६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ३३ करोड २५ लाख ६४ हजार सात सय ६९ रुपैंयाँ ५१ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ७६ अंकले बढेर १२ सय ७१ दशमलव ३५ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक ४३ दशमलव १० अंकले बढेर तीन हजार सात सय ९९ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ३७ दशमलव ५८ अंकले बढेर १७ सय ३० दशमलव ६९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ३४ दशमलव ३० अंकले बढेर दुई हजार ८९ दशमलव ८० अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ५० दशमलव शुन्य पाँच अंकले बढेर ११ हजार छ दशमलव शुन्य दुई अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय २२ दशमलव ४९ अंकले बढेर १० हजार सात सय ४३ दशमलव शुन्य पाँच अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सुचक पनि क्रमशः ७० दशमलव ५८, शुन्य दशमलव ५९, ८३ दशमलव ९१, १६ दशमलव ५१, शुन्य दशमलव शुन्य दुई, २१ दशमलव ७४ र १६ दशमलव ७२ अंकले बढेका छन् ।

नेप्सेमा आज कुथेली बुखरी स्मल हाईड्रो पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९८ प्रतिशतले बढेर पाँच सय ७९ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य चार दशमलव ४२ प्रतिशतले घटेर छ सय ९६ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी कुमारी बैंकको संस्थापक सेयरतर्फ भने प्रतिकित्ता एक सय १३ रुपैंयाँ अन्तिम मुल्यमा २८ करोड ५९ लाख १९ हजार छ सय छ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया