आइतबार, वैशाख २३, २०८१

अस्पतालबाट बेपत्ता शिशु किनबेचमा संलग्न चिकित्सकसहित ६ जना पक्राउ

नेपालखोज २०८० भदौ ५ गते २१:५०

काठमाडाैं । विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारिएकी शिशु किनबेचमा संलग्न रहेको आरोपमा चिकित्सकसहित ६ जना पक्राउ परेका छन् ।

अस्पतालका चिकित्सक तपेश्वरलाल कर्णको योजनामा बिक्री भएको शिशुको उद्धार गरेपछि विक्रि भएको खुलेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शिशु खरिद गर्ने दिलमाया राजवंशीले डा. कर्णलाई ५ लाख दिएकी थिइन् ।

प्रहरीले मंगलबार दिलमायाको घरबाट शिशुको उद्धार गरेसँगै बिक्री भएको खुलेको हो । मोरङ प्रहरीले शिशु बिक्री गर्ने प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिशु बिक्रीमा संलग्न चिकित्सक कर्ण, खरिद गर्ने दिलमाया, अस्पतालमा कार्यरत सुधा राजवंशी, दिलमायाका पती सूर्यनारायण राजवंशी, भोजपुरको हतुवागडी गाउँपालिका–४ का गोविन्द राई र सिरहाको कल्याणपुर नगरपालिका–१२ की निर्मला यादव रहेका छन् ।

प्रतिक्रिया