आइतबार, वैशाख २३, २०८१

इन्स्टाग्राममा ‘लभ’ पर्दा १४ लाख चैट

नेपालखोज २०८० भदौ ६ गते १३:३४

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत परिचित एक व्यक्तिले काठमाडौंको एक फाइनान्समा रिसेप्सनिष्टको काम गर्दै आएकी महिलालाई करिब १४ लाख रुपैयाँ ठगेका छन् ।

पीडित महिलाका अनुसार चार्ल्स वाङ नाम गरेका व्यक्तिले उनलाई इन्स्टाग्राममा फलो गरेपछि उनीहरुबीच मायाप्रेमका गफहरु हुन थालेको थियो । वाङले आफूलाई क्यानेडियन नागरिक बताएका थिए ।

त्यसपछि वाङले ती महिलालाई सरप्राइज गिफ्ट पठाउन लागेको भन्दै उनको इमेल आईडी र अन्य ठेगाना मागेका थिए ।

पीडितका अनुसार वाङले ४५ हजार क्यानेडियन डलरसहित गिफ्टहरु पठाएको उनलाई बताएका थिए । त्यसपछि पीडितलाई ठग्ने क्रम सुरु भएको थियो । भारतस्थित भन्सार कार्यालयको कर्मचारी भन्दै उनलाई पटक पटक फोन आयो ।

उनले भन्सार क्लियरेन्सका लागि ८ पटकमा गरी १३ लाख ६१ हजार ५ सय रुपैयाँ पठाएकी थिइन् । त्यो पैसा उनले आफ्नो बैंक खाताबाट उनलाई दिइएका विभिन्न बैंक खाताहरुमा ट्रान्सफर गरेको देखिएको छ ।

थप १० लाख ३० हजार रुपैयाँ आवश्यक रहेको भन्दै भन्सार कर्मचारी बताउने व्यक्तिले फेरि पनि रकम माग गरेपछि ती महिला झस्किएकी थिइन् । त्यसपछि प्रहरीमा उनले उजुरी गरेकी थिइन् ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले ५ जनालाई प्रतिवादी बनाएर मुद्वा दर्ता गरेपनि उनीहरु कोही पक्राउ परेका थिएनन् ।

प्रतिक्रिया