शुक्रबार, वैशाख २१, २०८१

फिटनेस : दिनभर फुर्तिलाे रहन के गर्ने ?

नेपालखोज २०८० भदौ ८ गते ६:००

बिहान उठेर कुनै काम नगर्दै थकान महसुस भयो भने सारा दिन नै बर्बाद हुन्छ । यस्तो अवस्थामा झन्झटिलो ढंगले सारा दिन बिताउन निकै गाह्रो हुन्छ । हामी सबैलाई स्वस्थ र रमाइलो तरिकाले दिन बिताउन बिहानको प्रेरणा चाहिन्छ । भनिन्छ पनि- बिहानीले दिनको संकेत गर्छ । यसले ऊर्जा प्राप्त गर्न मद्दत गर्छ र हामीलाई हाम्रो दैनिक गतिविधिहरू गर्न ताजा राख्छ । यदि बिहानदेखि नै आफूलाई ऊर्जावान र उत्प्रेरित राख्न चाहने हो भने आफ्नो दैनिक दिनचर्यामा केही राम्रा बानीहरू समावेश गर्नुपर्छ । केही उपायहरू छन् जसले हामिलाई बिहान उत्प्रेरित गर्नेछ र दिनभर आलस्यबाट टाढा राख्नेछ ।

मर्निङ वाक गर्ने

सूर्योदयको समयको सूर्यको किरणले हामीलाई ऊर्जा दिन्छ । यसले हामिलाई उत्प्रेरित गर्दछ । तसर्थ हरेक दिन मर्निङ वाक गर्नु समग्र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । मर्निङ वाकले हामीलाई शारीरिक एवं मानसिक रूपमा स्वस्थ राख्छ । बिहानिपखको शुद्ध अक्सिजनले हाम्रो फोक्सो र मुटुलाइ पनि फाइदा पुर्याउँछ ।

दिनको कार्ययोजना

आफ्नो दिनभरको कामको सूची बनाउनु पर्छ र सोही अनुसार आफ्नो काम पूरा गर्नुपर्छ । यसबाट सजिलै आफ्नो लक्ष्य पूरा हुनेछ । यसले मानसिक रूपमा स्वतन्त्र तथा दिनभर उत्प्रेरित राख्नेछ भने पूर्ण ऊर्जाका साथ काम सम्पन्न गर्न सकिनेछ ।

प्रेरणादायक गीत सुन्ने

प्रेरक गीतले हामिलाई दिनभर उत्प्रेरित गर्छ । मीठो संगीतले हाम्रो मूड मात्र ठिक गर्दैन यसले आत्मविश्वास समेत बढाउन मद्दत गर्दछ । यसले राम्रोसँग काम गर्न र शान्तिपूर्वक दिन बिताउन हाम्रो मुड बुस्टरको काम गर्छ । यसले हामीलाई थप मेहनति बनाउनुका साथै ताजा समेत राख्छ ।

ध्यान गर्ने

ध्यानले मनको शान्ति मात्र दिने होइन यसले हाम्रो आत्मालाई पनिठिक पार्छ । ध्यानले हामीलाई ऊर्जावान महसुस गराउँछ र आत्मविश्वास बढाउँछ । ध्यानको अभ्यास गर्न हामिले आफ्नो दिनचर्याबाट कम्तिमा ५ मिनेट समय निकाल्नुपर्छ । यसका लागि हामिले उपयुक्त लागेको जुनसुकै विधि अपनाउन सक्छौं ।

खुसी रहने अनि मुस्कुराउने

जीवनमा सफल हुन हामी पहिले आफु खुसी हुनुपर्छ । खुसी हुनु नै सफलताको सुत्र हो । मानिस खुसी भयो भने उसले सबै बाधा – अवरोधहरु पार गर्न सक्छ । मानिसको जीवनमा निराशा छ भने उसले सहज काम पनि रढंगले गर्न सक्दैन ।

यसका साथसाथै हरेक दिन स्वस्थ नाश्ता गर्नुपर्छ । यस्ता चीजहरू खानुपर्छ जसले हामिलाई पोषण प्रदान गर्दछ र हाम्रो मुड पनि राम्रो हुन्छ । बिहानको राम्रो खानाले दिनभरका लागि ऊर्जा प्रदान गर्नुका साथै हामि भित्रको आलस्य पनि हटाउँछ ।

यी बानीको नियमित पालनले हामिलाई जीवनमा सफल बनाउन योगदान पुर्‍याउन सक्छन । हाम्रो सफलता हाम्रो स्वास्थ्यसँग पनि जोडिएको छ । यदि स्वस्थ रहिएन भने सफल हुने कल्पना गर्न सकिदैन ।

प्रतिक्रिया