आइतबार, जेठ ६, २०८१

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गरे आत्मसमपर्ण

नेपालखोज २०८० भदौ ८ गते ८:३३

जर्जिया । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले एटलान्टाको फुल्टन काउन्टी जेलमा आत्मसमपर्ण गरेका छन् । सन् २०२० जर्जिया चुनावको नतिजा उल्ट्याउन खोजेको आरोपमा चौथों मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति ट्रम्पले आत्मसमर्पण गरेका हुन् ।

उनले आत्मसर्मपण गरे लगत्तै जेल अधिकारीहरूले उनलाई पक्राउ गरी फुल्टन काउन्टी जेलमा नजरबन्दमा राखे । यस वर्ष पूर्वराष्ट्रपतिले आफूमाथि लागेको फौजदारी अभियोगमा स्थानीय वा संघीय अधिकारीसमक्ष आत्मसमर्पण गरेको यो चौथो पटक हो । समाचार अनुसार ट्रम्पले आत्मसमर्पण गर्नु अघि उनका समर्थकहरु ठूलो संख्यामा जेलबाहिर भेला भएका थिए र विरोध प्रदर्शन गरिरहेका थिए ।

यसअघि ट्रम्पले सन् २०२० मा हुने निर्वाचनलाई उल्टाउने योजना बनाएको आरोपमा जर्जिया राज्यका जेल अधिकारीसामु आत्मसमर्पण गर्न तयार रहेको बताएका थिए । सन् २०२० मा ट्रम्पविरुद्ध जर्जियाको चुनावी नतिजा उल्टाउने षड्यन्त्र सहित दर्जनभन्दा बढी मुद्दा दर्ता भएका छन् । यस मामिलामा ट्रम्प र अन्य १८ जनालाई आरोप लगाइएको छ ।

प्रतिक्रिया