आइतबार, जेठ ६, २०८१

तालिवान फर्किएपछि दुई सय पूर्वअफिसर मारिए

नेपालखोज २०८० भदौ ८ गते ९:३२

काठमाडाैं । संयुक्त राष्ट्र संघले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार तालिबानले दुई वर्षअघि काबुल कब्जा गरेर सत्तामा फर्किएपछि २०० भन्दा बढी पूर्व सरकारी तथा सुरक्षा अधिकारीहरूलाई मृत्युदण्ड दिइएको छ।

संयुक्त राष्ट्रसङ्घीय सहयोग नियोग ९ग्ल्ब्ःब्० ले अफगानिस्तानको सत्तामा आएदेखि नै तालिबान लडाकूहरूले पूर्व सैनिक, प्रहरी, गुप्तचर एवं न्यायिक अधिकारीहरूलाई निशाना बनाएर मारेको बताएको छ । प्रतिवेदनमा भनिएको छ -१५ अगस्त २०२१ देखि यस वर्षको जुन २०२३ को अन्त्य सम्म पूर्वअफगान सरकार र सुरक्षा बलका कर्मचारीहरू विरुद्ध ८०० भन्दा बढी मानव अधिकार उल्लङ्घनका घटना दर्ता गरिएको छ । अफगानिस्तानबाट अमेरिकी र नेटो सेनाको अन्तिम फिर्तीसँगै तालिबानले सम्पूर्ण अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको थियो।

अमेरिकाद्वारा प्रशिक्षित र समर्थित अफगान सेनाहरू ध्वस्त भएर तालिवानको उदय भएपछि अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानी आफ्नो जीवन रक्षा गर्न देश छोड्न बाध्य भएका थिए । संयुक्त राष्ट्र संघको प्रतिवेदनमा भनिएको छ -अफगानिस्तानमा मानिसलाई मार्नुअघि तालिबान सुरक्षा बलले हिरासतमा राखेका थिए । उनीहरुलाई छोटो समयका लागि हिरासतमा राखी त्यसपछि मारिन्छ ।

प्रतिवेदनमा भनिएको छ – कतिपय घटनामा ती व्यक्तिहरूलाई अज्ञात स्थानमा लगेर मारिएको थियो । उनीहरूको शव परिवारलाई हस्तान्तरण गरिएको वा शवलाई कतै गाडिएको थियो। मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व अफगान सरकारसँग सम्बन्धित व्यक्तिहरूमाथि तालिबानले गरेको क्रूर व्यवहारको डरलाग्दो चित्र प्रस्तुत गरेका छन ।

तालिवानद्वारा अस्वीकार

तालिबानले काबुल पुनः कब्जा गरेपछि र सत्तामा आएदेखि कुनै पनि उल्लेखनीय विरोधको सामना गरेको छैन । यसबीच तालिबानको नेतृत्वमा रहेको अफगानिस्तानको विदेश मन्त्रालयले उक्त प्रतिवेदनलाई अस्वीकार गर्दै तालिबान अधिकारी वा कर्मचारीहरू मानवअधिकार उल्लङ्घनको त्यस्तो घटनाका बारेमा कुनै जानकारि नपाएको बताएको छ।

इस्लामिक इमिरेट्स संस्थाका कर्मचारी तथा सुरक्षाकर्मीहरूद्वारा पूर्व सरकारी कर्मचारी र सुरक्षा बलका कर्मचारीहरू विरुद्ध न्यायिक वा गैर/न्यायिक हत्या, नजरबन्द, यातना र अन्य मानवअधिकार उल्लङ्घनको कुनै रिपोर्ट आएको छैन सरकारको विज्ञप्तिमा भनिएको छ ।

यता संयुक्त राष्ट्र संघले ४२४ भन्दा बढी स्वेच्छाचारी गिरफ्तारी र पूर्व सरकारी अधिकारीहरू तथा अफगान सुरक्षा बलका सदस्यहरूको नजरबन्दको दस्तावेजीकरण गरेको छ। जबकि लाठी वा पाइपले कुटपिट, मौखिक धम्की एवं उत्पीडन लगायतका हिंसा र दुर्व्यवहारका १४४ भन्दा बढी घटनाहरू रिपोर्ट गरिएका छन् ।

एपी

प्रतिक्रिया