बुधबार, जेठ २, २०८१

भिडियो गेम सम्बन्धि केही रोचक तथ्य

नेपालखोज २०८० भदौ ८ गते ११:२१

काठमाडौं । के तपाईंलाई थाहा छ सुपर मारियोको नाम कहाँ आयो ? के तपाईंलाई थाहा छ डाक्टरहरूले भिडियो गेम किन खेल्नुपर्छ ? यस्तै केहि प्रश्नको जवाफ :

रेकर्ड गति

तपाईं एक सेकेन्डमा कति बुलेट फायर गर्न सक्नुहुन्छ ? जापानका तोशियुकी ताकाहाशीले एक सेकेण्डमा १६ पटक बटन थिच्न सक्छन् । उनले स्टार सोल्जर खेलमा एक सेकेन्डमा १२ शट प्रहार गरेको रेकर्ड छ ।

धेरै प्रख्यात सुपर मारियो

संसारमा सबैभन्दा लोकप्रिय भिडियो गेम क्यारेक्टर हो। पछि यसको नाम एक वास्तविक व्यक्तिको नाममा राखियो ।ती ब्यक्ति मारियो सेगल भिडियो गेम निर्माता निन्टेन्डो सँग काम गर्थे ।

खेलमा चलचित्र ?

हलिउडका कलाकारहरूले पनि हिट हुन ठूलो पर्दामा मात्र नभई खेलको दुनियाँमा पनि मेहनत गर्नुपर्छ भन्ने बुझेका छन् । अभिनेत्री एलेन पेजलाइ बिहाइन्ड टू सोल्स खेलमा देख्न सकिन्छ। यसैगरि टूम्ब राइडर र रेजिडेन्ट इभिल ( Tomb Raider र Resident Evil Games ) को सफलता पछि त्यसमाथि फिल्म पनि बनाइयो।

अप्रेशन अघि खेल !

अमेरिकामा गरिएको एक अनुसन्धानले के देखाएको छ भने भिडियो गेम खेल्नु मेडिकल विद्यार्थीहरू विशेष गरी सर्जनहरूका लागि धेरै राम्रो हुन्छ । यसले एकाग्रता बढाउँछ। भिडियो गेम खेल्ने शल्यचिकित्सकहरूले अपरेटिङ थिएटरमा कम गल्ती गर्छन्।

हिंन्साका लागि जिम्मेवार ?

धेरै मानिसहरू के विश्वास गर्छन् भने भिडियो गेमले हनमिलाई हिंसात्मक र क्रोधित बनाउँछ। अमेरिकाका विद्यालयहरुमा हुने गोलीकाण्डका लागि भिडियो गेमलाई पनि जिम्मेवार मानिएको छ ।

खेलमा वास्तविक जीवन

त्यहाँ यस्ता धेरै खेलहरू छन् जसले वास्तविक जीवनका अनुभवहरू प्रतिबिम्बित गर्दछन जस्तै फ्रन्टियर्समा हामि एक शरणार्थीको भुमिकामा हुन्छौं जसले कुनै न कुनै रूपमा युरोपको सिमानामा पुग्नुपर्छ । यसबाट हामीलाई सर्वसाधारण मानिुहरुक‍ समस्या समेत अवगत हुन्छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता

भिडियो गेमहरू अब स्क्रिनको अगाडि बसेर शौकका रूपमा समय बिताउने माध्यम मात्र रहेन अहिले यसका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू पनि भैरहेका छन् र पुरस्कार कहिलेकाहीँ करोडमा पनि हुन्छ।

भिडियो गेमले धनी बनाउँदै

गेमिङ प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार रकम १८ मिलियन डलर रहेको छ। २०११ मा डोटा २ नामक यो प्रतियोगिता सुरु हुँदा पुरस्कार १६ मिलियन डलर थियो ।

प्रतिक्रिया