शुक्रबार, वैशाख २१, २०८१

फिटनेस : सूर्य नमस्कार र चन्द्र नमस्कारमा कति फरक छ ?

नेपालखोज २०८० भदौ ९ गते ७:५०

काठमाडाैं । सूर्यनमस्कारका बारेमा त हामी सबैले सुनेकै छौं तर के तपाईलाई चन्द्र नमस्कारका बारेमा कुनजानकार छ रु चन्द्र नमस्कार गर्नु सूर्यनमस्कार जत्तिकै लाभदायक हुन्छ र त्यो पनि विशेषगरी गर्मी महिनामा किनभने चन्द्रमाले शीतलता दिन्छ र चन्द्र नमस्कार गर्दा चन्द्रमाको यो गुणको लाभ प्राप्त हुन्छ।

चन्द्र नमस्कारको अभ्यास सूर्य नमस्कारको प्रतिबिम्ब हो ?

चन्द्र नमस्कारको अभ्यास सूर्य नमस्कारको प्रतिबिम्ब हो किनभने हामि सूर्यको उर्जा र तापको लाभ लिन सूर्य नमस्कार गर्छौ । चन्द्रमाको पनि आफ्नो कुनै ज्योति छैन, बरु यो सूर्यको प्रकाशले चम्कन्छ र त्यो प्रकाश शीतल र चिसो छ। त्यसैले यो अभ्यास चन्द्रमाका साथै सूर्यको ज्योतिमा पनि समर्पित छ ।यद्यपि यसमा हामिले चन्द्रमाको आफ्नै विशेषताको फाइदा पाउँछौं ।

सूर्य नमस्कार र चन्द्र नमस्कारमा धेरै भिन्नता पनि छ । सूर्यनमस्कार बिहान र चन्द्र नमस्कार राती गरिन्छ। आकाशमा चन्द्रमा स्पष्ट देखिँदा चन्द्र नमस्कार गर्दा सबैभन्दा बढी फाइदा हुन्छ । यो खाली पेट गरिन्छ। सूर्यनमस्कारमा १२ आसन छन भने चन्द्र नमस्कारमा १४ आसन हुन्छन । सूर्यनमस्कारमा सबै आसन लगातार तिब्र गतिमा गरिन्छ भने चन्द्र नमस्कारमा सबै आसन आरामसँग गरिन्छ।

सूर्यनमस्कार र चन्द्र नमस्कारमा के पनि फरक छ भने सूर्यनमस्कार बिहान आफुलाइ ऊर्जावान बनाउन गरिन्छ भने चन्द्र नमस्कार मनलाई आराम र शान्त बनाउन गरिन्छ।

चन्द्रासनले हाम्रो मांसपेशी, मेरुदण्ड, ह्यामस्ट्रिङ, ह्यामस्ट्रिङ, पाचन प्रणाली, स्नायु प्रणाली र रक्तसञ्चारलाई शारीरिक रूपमा सुधार गर्छ । भावनात्मक पक्षहरूको बारेमा कुरा गर्दा चन्द्र नमस्कारले हामिलाई भावनात्मक रूपमा सन्तुलित बनाउँछ । यसले हामिलाई शान्त, नरम, सुन्दर र रचनात्मक तुल्याउँछ।

मुख्य रूपमा यसले हाम्रो इडा नाडीलाई च्यानलाइज गर्न मद्दत गर्छ । चन्द्र नमस्कारले डिप्रेसन हटाउँनुका साथै ब्यक्तिमा सकारात्मकता बढाउँछ । यसमा इन्द्रियहरूलाई प्रभाव पार्ने र नियन्त्रण गर्ने क्षमता पनि छ ।

प्रतिक्रिया