शुक्रबार, असार ६, २०८२

धरानमा वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आयोगको अपिल

नेपालखोज २०८० भदौ ९ गते ११:५८

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न आयोगले सम्बद्ध सबै पक्षलाई अपिल गरेको हो ।

एक आपसमा देखिएका विमतिहरूलाई वार्ताको माध्यमबाट समाधान खोज्न आयोग सबै पक्षलाई आग्रह समेत गरेको छ ।

धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र हिन्दु मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले आज र्‍याली निकाल्ने तयारी गरिरहँदा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटना रोक्न सबै भेला तथा कार्यक्रमहरू रोकिएको आयोगको अनुगमनको क्रममा बुझिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया