बिहीबार, वैशाख २०, २०८१

फिटनेस : खाली पेटमा ‘ग्रीन टी’ पिउनु कति उचित ?

नेपालखोज २०८० भदौ १२ गते ५:५९

काठमाडाैं । हिजोआज धेरै मानिस स्वस्थ रहन र तौल घटाउन ‘ग्रीन टी’ सेवन गर्छन् । ग्रीन टीले शरीरलाई डिटोक्स गर्छ । यसले शरीरलाई सहि आकारमा राख्न र तौल घटाउन मद्दत गर्छ । यद्यपि ग्रिन टी कहिले र कसरी पिउने भन्ने कुरा धेरैलाई थाहा हुँदैन । कतिपय मानिस बिहानको सुरुवात चियाबाट गर्छन्, जसमा दूधको चिया र ग्रीन टीको नाम पहिले आउँछ ।

तौलदेखि रगतमा चिनीको मात्रा घटाउनसम्म ‘ग्रीन टी’लाई सबैभन्दा फाइदाजनक मानिन्छ । यदि कुनै व्यक्ति फिटनेसका बारेमा सचेत छ वा फिट रहने प्रयास गर्छ भने उसले ‘ग्रीन टी’ पिउँछ । विशेषज्ञहरुका अनुसार ‘ग्रीन टी’ पिउनाले छालाको गुणस्तर तथा मेटाबोलिज्म बढ्छ र मानिस लामो समयसम्म सक्रिय रहन्छ ।

‘ग्रिन टी’का फाइदाजस्तै यसका केही बेफाइदा पनि छन् ।

मानिसहरु फिट रहन बिहानको व्यायाम पछि खाली पेटमा ‘ग्रिन टी’ पिउँछन्, जुन निकै हानिकारक मानिन्छ । पोषणविद्हरूका अनुसार खाली पेटमा ‘ग्रिन टी’ पिउनाले पेट दुख्न सक्छ । वास्तवमा, ‘ग्रिन टी’मा ट्यानिन्स भनिने पोलिफेनोल हुन्छ जसले पेटमा एसिडको मात्रा बढाउँछ । यसबाट पेट दुख्ने, जलन हुने वा कब्जियत जस्ता समस्या निम्तिन सक्छ ।

‘ग्रिन टी’मा क्याफिन पाइन्छ, जसले ग्यास्ट्रिक जुसलाई पातलो बनाएर पेटलाई हानि पुर्‍याउँछ । यसको अत्यधिक प्रयोगले चक्कर लाग्ने, वान्ता हुने जस्ता समस्या पनि निम्तिन सक्छ ।

‘ग्रिन टी’पिउने सही तरिका

बिहानको खाना खानुभन्दा एक घन्टाअघि’ग्रिन टी’ पिउन सकिन्छ । बिहान र बेलुका ‘ग्रिन टी’ पिउँदा मेटाबोलिजमलाई गति मिल्छ र तौल घटाउन मद्दत गर्छ ।

‘ग्रिन टी’ दिनमा ३ देखि ४ कपभन्दा बढी पिउनु हुँदैन । कतिपयले ‘ग्रिन टी’मा दूध र चिनी मिसाएर पिउँछन् । ग्रीन टीमा चिनी र दूध मिसाउनु हुँदैन । खाना खाएको तुरुन्तै ग्रीन टी पिउनु खतरनाक हुन सक्छ ।

‘ग्रिन टी’ पिउने सही समय

दिनमा ३ देखि ४ कप ग्रीन टी पिउनुपर्छ । ‘ग्रिन टी’को अत्यधिक सेवनले कलेजोमा समस्या निम्त्याउन सक्छ । राति सुत्नुअघि ग्रीन टी सेवन गर्नुहुँदैन, यसले निद्रामा समस्या सृजना गर्न सक्छ ।

‘ग्रिन टी’का फाइदा

१ वजन घटाउन मद्दत गर्छ । ग्रीन टीमा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले मेटाबोलिज्मलाई बढाउँछ। यसले मेटाबोलिज्म बढाएर तौल घटाउन मद्दत पुर्याउँछ ।

२ मुटुका लागि पनि राम्रो

दैनिक १ देखि २ कप ‘ग्रिन टी’पिउँदा शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत मिल्छ । यसले मुटुसँग सम्बन्धित रोगहरूमा पनि फाइदा पुर्‍याउँछ ।

प्रतिक्रिया