बिहीबार, जेठ १०, २०८१

एकदिन पनि टिकेन नेप्सेको बृद्धि

नेपालखोज २०८० भदौ १२ गते १५:२९

काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन पाँच अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने पाँच दशमलव शुन्य पाँच अंकले घटेर एक हजार नौं सय ९३ दशमलव ४२ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७१ अंकले घटेर तीन सय ८२ दशमलव ८५ अंकमा झरेको छ । नेप्सेमा दुई सय ७८ वटा कम्पनीहरुको २९ हजार छ सय ४० पटकको कारोबारमा ४० लाख छ हजार सात सय ३९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ८६ करोड ५१ लाख २० हजार चार सय ५२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी नौं वटा समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव १९ अंकले घटेर १२ सय ६३ दशमलव ६४ अंकमा झरेको छ भने बिकास बैंक समुहको सुचक २१ दशमलव १७ अंकले घटेर तीन हजार सात सय ३७ दशमलव ६३ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि चार दशमलव ८८ अंकले घटेर १६ सय ९२ दशमलव ५८ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ११ दशमलव ४१ अंकले घटेर दुई हजार ४३ दशमलव १५ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ५० दशमलव शुन्य एक अंकले घटेर १० हजार नौं सय नौं दशमलव ५९ अंकमा झरेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि क्रमशः ३५ दशमलव ५८, ३१ दशमलव ४२, शुन्य दशमलव ६० र तीन दशमलव १२ अंकले घटेका छन् ।

निर्जीवन बीमा समुहको सुचक भने पाँच दशमलव ६१ अंकले बढेर १० हजार छ सय २२ दशमलव ४३ अंकमा चढेकोमा लगानी, सामुहिक लगानी कोष र टे«डिङ समुहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य नौं, शुन्य दशमलव शुन्य चार र शुन्य दशमलव ८० अंकले बढेका छन् ।

प्रतिक्रिया