शनिबार, जेठ ३२, २०८२

गुल्मी अस्पतालमा तनाव, डाक्टरमाथि कुटपिट

नेपालखोज २०८० भदौ १२ गते १७:४२

गुल्मी । बालिकाको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट भएपछि गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ ।

मंगलबार बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि एक समूहले अस्पताल प्रमुख डा. राजेन्द्र जिसीमाथि कुटपिट गरेको थियो । बिरामीका आफन्तले उपचारमा लापरबाही भएको भन्दै प्रदर्शन गरेका थिए ।

गुल्मी अस्पतालमा उपचारत बालिकाको मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त भएको छ ।

बालिकाको मृत्यु पश्चात उत्पन्न समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको कार्यकक्षमा अस्पताल प्रशासन, पीडितका आफन्तबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया