बुधबार, असार ४, २०८२

देशभर आंशिक बदली रही हल्कादेखि मध्यम वर्षा हुने

नेपालखोज २०८० भदौ १३ गते ५:५५

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको आसपासमा अवस्थित रहेकाे जल तथा माैसम पूर्वानमान महाशाखाले जनाएकाे छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी,  बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया