शनिबार, जेठ ५, २०८१

सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु

नेपालखोज २०८० भदौ १३ गते १५:१२

बैतडी । विषालु सर्पले डस्दा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेको जनाइएको छ ।

मङ्गलबार राति भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको र आज बिहान १ बजेतिर मुत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए । सर्पको टोकाइबाट गम्भीर घाइते भएकी घटालको झारफुक गर्दागर्दै मृत्यु भएको हो ।

प्रतिक्रिया