सोमबार, वैशाख १७, २०८१

इन्टरनेटले बालबालिका यौनदुर्व्यवहारमा

नेपालखोज २०८० भदौ १३ गते १५:२९

काठमाडौं । सूचना प्रविधिको प्रयोगका कारणले बालबालिका यौनदुव्र्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

बाल आवाजले यहाँ सार्वजनिक गरेको ‘अनलाइन बाल यौनदुव्र्यवहारको अवस्था तथा नीतिगत विश्लेषणसम्बन्धी अध्ययन’मा इन्टरनेटका कारणले १८ वर्ष मुनिका बालबालिका यौनदुव्र्यवहारमा पर्ने गरेको जनाएको छ ।

महान्याधिवक्ता डा. दिनमणि पोखरेलले अनलाइन अपराधले समाजिक मात्र नभइ मनोविज्ञान रुपमा असर पार्ने बताए । उनले पहिले शारिरीक यौनदुव्यहार हुने गरेको अहिले इन्टरनेटका माध्यमबाट पनि यौनदुव्र्यहावरले बालबालिकालाई मनोवैज्ञानिक असर पुर्याउने बताए ।

उनले ऐन निर्माण भएर मात्र नहुने उल्लेख गर्दै कानुनको बारेमा जनचेतना जगाउनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया