पाकिस्तानसँग नेपाल २३८ रनले पराजित
नेपालखोज
२०८० भदौ १३ गते २१:४६

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानसँगको खेलमा नेपाल २३८ रनले पराजित भएको छ । ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा एक सय ४ रनमा अलआउट भएको हो ।
मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालमा पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै समेटियो ।
पहिलो पटक एसिया कप खेलिरहेको नेपाल भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा छ । नेपालले अब भदौ १८ गते हुने भारतविरुद्धको खेलका लागि श्रीलंकाको यात्रा गर्ने छ ।
सम्बन्धित
प्रतिक्रिया