नेपालखोजमा दिनभरकाे खबर सारांश !
नेपालले एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग २३८ रनले हार बेहोरेको छ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको हाे ।
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप, पौडेल भन्सारका कर्मचारी भएको खुल्यो ।
६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको छ ।
मकालु राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट दुई घाइते, एकको अवस्था गम्भीर ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७९-८० मा आठ सय ९९घरेलु तथा साना उद्योग दर्ता गरेको छ यसैगरी दुई सय ५९ वटा साना उद्योग खारेज गरेको छ ।
प्रतिक्रिया