शनिबार, जेठ ३२, २०८२

एल निनोको प्रभावले सेप्टेम्बरमा कम वर्षाको सम्भावना

नेपालखोज २०८० भदौ १४ गते ७:१४

काठमाडौं । भनिन्छ एल निनोका कारण अगस्टमा अपेक्षाकृत कम पानी परेको छ । यसले सेप्टेम्बरमा पनि नकारात्मक प्रभाव पार्न सक्छ जसका कारण जुनदेखि सेप्टेम्बरसम्मको मनसुन सिजनमा आठ प्रतिशतले वर्षा हुनसक्छ । यो कमी २०१५ पछि सबैभन्दा उच्च हुनेछ।

यो वर्षको मनसुन आठ वर्षयताकै कमजोर सावित हुनसक्छ । एल निनो मौसमका कारण सेप्टेम्बरमा पनि धेरै पानी पर्ने छैन । यसबीच सेप्टेम्बर महिना सुख्खा महिना सावित हुने अवस्थामा छ । यस्तो आशंका मौसम विज्ञहरुले नै व्यक्त गरेका छन ।

स्रोतका अनुसार एल निनोका कारण यस वर्षको मनसुन असमान भएको छ । जुनमा सामान्य औसतभन्दा नौ प्रतिशत कम र जुलाईमा १३ प्रतिशत बढी पनि परेको थियो । सेप्टेम्बर १७ गतेदेखि मनसुन फिर्ता सुरु हुन्छ ।

विगत चार वर्षदेखि मनसुनमा ढिलाइका कारण सेप्टेम्बरमा सामान्यभन्दा बढी वर्षा भए पनि यो महिना पूर्व र उत्तरी राज्यमा सामान्यभन्दा कम वर्षा हुने आशंका गरिएको छ । उल्लेखनीय कुरा के छ भने वार्षिक औसत वर्षाको ७० प्रतिशत मनसुनमै हुन्छ । मनसुन कम हुँदा खाद्यान्न ( चिनी, दाल, चामल, तरकारी आदि ) को मूल्य बढ्न सक्छ ।

प्रतिक्रिया