वास्तु ज्ञान : घरमा नराखौं कबाडि सामान

हामी प्रायः घरका बेकार वा टुटे/फुटेका चीजहरू घरको छतमा लगेर थन्काउँछौ । यसो हुनु सामान्य पनि हो किनभने सबैले आफ्नो घर/कोठा चम्किलो एवं सफा राख्न चाहन्छन् । त्यसैले काम नलाग्ने वस्तुहरु हत्तपत्त कोहि नपुग्ने छतको एउटा कुनामा थुपारिन्छ ।
कसैलाई पनि आफ्नो घरभित्र कुनै पनि प्रकारको फोहोर वा फोहोर वस्तु राख्न मन लाग्दैन । यद्यपि वास्तुशास्त्र अनुसार छतमा फोहोर राख्नु राम्रो मानिदैन । छतको फोहोरले पारिवारिक जीवनमा नकारात्मक असर गर्न सक्छ ।
वास्तुशास्त्र अनुसार घरको छतमा कुनै पनि अनावश्यक वस्तु वा फोहोर राख्नुहुँदैन । यसो गर्नाले घरपरिवारका सदस्यहरुको मन/मस्तिष्कमा नकारात्मक प्रभाव पर्छ र पितृदोष पनि लाग्छ भने पुरै घरको वातावरण बिग्रन सक्छ । यो घरमा कलहको कारण पनि बन्न सक्छ । तसर्थ, यदि घरमा लामो समयदेखि बेकारको चीजहरू छन् भने तुरुन्तै तिनलाई घर बाहिर निकाल्नुपर्छ ।
यदि घरमा कुनै यस्तो वस्तु छ जुन दैनिक उपयोगमा छैन तर कामको छ भने, त्यस्ता चीजहरूलाई फाल्नुहुदैन, व्यवस्थित रूपमा राख्नुपर्छ ।
माथि उल्लेखित जानकारी प्रामाणिक वा वैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाई अपनाउनु वा व्यवहारमा लागू गर्नुअघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह/सहयोग आवश्यक हुन्छ ।
प्रतिक्रिया