शनिबार, जेठ ५, २०८१

नक्कली नोटसहित पक्राउ

नेपालखोज २०८० भदौ १५ गते १५:३४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाई मन्दिर नजिकबाट रौतहट कटहरीया नगरपालिका–६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका–१ बस्ने २१ वर्षीय दिपेश दासलाई १ हजार दरका ९५ थान नक्कली नोटसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले धर्मेन्द्र र दिपेशलाई उक्त नक्कली नोटसहित नियन्त्रणमा लिई थप अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका राक्सिराङ गाउँपालिका–२ बस्ने ४० वर्षीय बिजय तामाङलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौं । महानगरपालिका–२ लाजिम्पाट गैरीधारा डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका–६ घर भएका ३५ वर्षीय राजन ढुंगेल आफ्नै डेरा कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका–७ संगमडिहवा बस्ने २८ वर्षीय रामबलि कुर्मी सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखा, सिरानचोक गाउँपालिका–४ भरलाबोट बस्ने ४६ वर्षीय रमेश विक सोही ठाउँस्थित चेपे नेपालीको घरको पिँढीमा रहेको खाटमा बिहीबार मृत अवस्थामा फेला परेको छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी

टोखा नगरपालिका–८ बानियाँटार डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका–४ घर भएका ४९ वर्षीय जुद्वमान श्रेष्ठको कोठाबाट कोही नभएको अवस्थामा ताला फोडी सुनका विभिन्न गरगहना, ल्यापटप तथा मोबाइल समेत गरी करिब ४ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया