सोमबार, वैशाख १७, २०८१

श्रीमानको भन्दा बढी नेटवर्थ हुनेहरु

नेपालखोज २०८० भदौ १५ गते १७:३१

काठमाडाैं । बलिउड अभिनेत्री कट्रिना कैफले ९ डिसेम्बर २०२१ मा अभिनेता विक्की कौशलसँग विवाह गरेकी थिइन् । अहिले कट्रिना मिसेस कौशल बनेकी छिन् । विक्की र कट्रिनाले आफ्नो सम्बन्धलाई सधैं गोप्य राखेका छन्। तर के तपाईलाई थाहा छ कट्रिना आफ्नो पति विक्कीभन्दा नेटवर्थमा अगाडि छिन् ? कट्रिना बाहेक ऐश्वर्या राय , बिपाशा बसु, दीपिका पादुकोण, हेमा मालिनीले पनि श्रीमानभन्दा बढी कमाइ गर्छन् ।

बलिउडकी ड्रीम गर्ल हेमा मालिनीले पति धर्मेन्द्रभन्दा बढी कमाइ गर्छिन् । मिडिया रिपोर्ट अनुसार हेमाको सम्पत्ति ४४० करोड भारु छ भने उनका पतिको सम्पत्ति ३३५ करोड भारतिय रुपैयाँ छ ।

रिपोर्ट अनुसार कट्रिना कैफको कुल सम्पत्ति २२४ करोड भारु छ र उनी कुनै पनि फिल्ममा काम गरेबापत ११ करोड भारु लिन्छिन् । त्यस्तै विक्की कौशलको नेटवर्थ २५ करोड भारु छ भने उनले कुनै फिल्ममा काम गरेबापत ३–४ करोड भारु लिदै आएका छन् ।

ऐश्वर्या रायको नेटवर्थ उनका पति अभिषेक बच्चनभन्दा बढी छ । अभिषेक बच्चनको नेटवर्थ २०३ करोड भारु छ भने ऐश्वर्याको नेटवर्थ २२७ करोड भारु छ ।

बिपाशा बसु सँग पनि श्रीमान् करण सिंह ग्रोवरभन्दा धेरै सम्पत्ति छ । रिपोर्ट अनुसार बिपाशा बसुसँग ११३ करोड भारु बराबरको सम्पत्ति छ भने करण सिंह ग्रोवरको नेटवर्थ करिब १३ करोड भारु छ ।

दीपिका पादुकोण पनि पति रणवीर सिंहभन्दा अगाडि छिन् । दीपिका पादुकोणको कुल सम्पत्ति ३१६ करोड भारु छ भने रणवीर सिंहको सम्पत्ति ३ सय ७ करोड भारु छ ।

प्रतिक्रिया