गोरखाकाे सडकमा शंकास्पद वस्तु भेटियाे, नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा
नेपालखोज
२०८० भदौ १६ गते ७:५३

काठमाडाैं । गोरखा नगरपालिका–९ कट्टेलचोकको सडक छेउमा कुकर र तारजडित शंकास्पद वस्तु भेटिएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भसालका अनुसार शनिबार बिहान करिब ५ बजे सडक छेउमा शंकास्पद वस्तु भेटिएको हाे ।
प्रमुख भुसालले ‘मर्निङ वाक’ गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेकाे बताए । उक्त शंकास्पद वस्तु निस्कि्रय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको जनाए ।
उनले नेपालखाेजसँग कुरा गर्दै भने, ‘कुकरमा तार र टेपले बाँधेर राखिएकाे अवस्थामा भेटिएकाे हाे, ‘सेनाको बम डिस्पोजल टोलीले हेरेपछि बम भए नभएकाे थाहा हुन्छ ।’
तस्बिर : प्रतीकात्मक
सम्बन्धित
प्रतिक्रिया