‘अखाद्य’ दूध भारतबाट कसरी नेपाल भित्रिरहेको छ ?
नेपालखोज
२०८० भदौ १६ गते १२:०७

काठमाडौं । भारतबाट अवैध रूपमा दूध नेपाल भित्रिने गरेको भन्ने गुनासो किसान र व्यवसायीहरूबाट आएपछि त्यसको अनुगमनका लागि उच्चस्तरीय अध्ययन टोलीहरू केन्द्रबाट सीमा क्षेत्रमा पठाइएको नेपाल दुग्ध विकास बोर्डले जनाएको छ।
नेपालमा भन्दा भारतमा दूधको मूल्य सस्तो भएपछि उताबाट अवैध रूपमा दूध नेपाल भित्रिने र त्यसले गर्दा आफूहरूलाई दूध विक्री गर्न गाह्रो हुने गरेको नेपाली किसान र व्यवसायीहरूको गुनासो रहँदै आएको छ।
“गुनासोहरू आएपछि कृषि मन्त्रालयको नेतृत्वमा दुईवटा टोली अध्ययनका लागि भारतसँगको विभिन्न सीमा नाकामा गएको छ,” बोर्डका कार्यकारी निर्देशक डाक्टर राजेन्द्रप्रसाद यादवले भने।
‘ती टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि त्यसै अनुसार हामी थप निर्देशन दिनेछौँ।’
सम्बन्धित
प्रतिक्रिया