२१ जना भारतीयमा थुप्रिएको धन

काठमाडौं । अधिकारबादि संस्था अक्सफामले एक प्रतिवेदन सार्वजनिक गरेको छ जसमा दिइएको तथ्यांकले भारतमा धनी र गरिबबीचको बढ्दो खाडलको अचम्मलाग्दो चित्र प्रस्तुत गरेको छ ।
अहिले भारतका आधा जनतासँग ३ प्रतिशत सम्पत्ति मात्र छ । अक्सफामको प्रतिवेदनमा ५ प्रतिशत भारतीयसँग देशको ६० प्रतिशत सम्पत्ति भएको कुरा उल्लेख छ । जबकि तल्लो ५० प्रतिशत जनतासँग देशको सम्पत्तिको ३ प्रतिशत मात्र छ ।
अरबपतिहरु कति धनी छन् ?
अक्सफामको रिपोर्ट ‘सर्भाइभल अफ द रिचेस्टः द इन्डिया स्टोरी’ अनुसार सन् २०२२ मा भारतका धनी व्यक्तिको सम्पत्ति ४६ प्रतिशतले बढेको छ। सन् २०१२ देखि २०२१ सम्म भारतमा बढेको सम्पत्तिको ४० प्रतिशत सबैभन्दा धनी एक प्रतिशत व्यक्ति सँग छ जबकि तल्लो ५० प्रतिशत जनताले मात्र ३ प्रतिशत हिस्सा पाएका छन् ।
६४ नयाँ अरबपति
रिपोर्ट अनुसार भारतमा अर्बपतिको संख्या सन् २०२० मा १ सय २ बाट बढेर सन् २०२२ मा १ सय ६६ पुगेको छ । भारतका १०० धनी व्यक्तिको कुल सम्पत्ति ८५ लाख करोड रुपैयाँ पुगेको छ ।
दोब्बर भोकमरी
सन् २०१८ मा भोकमरीबाट पीडित भारतीयहरूको संख्या १९ करोड रहेकोमा प्रतिवेदनले २०२२ मा ३५ करोड पुगेको उल्लेख गरेको छ । मृत्युको सिकार भएका ५ वर्ष मुनिका बालबालिकामध्ये ६५ प्रतिशत यही कारणले मारिएका छन् ।
१० जनासँग ३० वर्षको बजेट
१० जना सर्वाधिक धनी भारतीयको कुल सम्पत्ति ४५ लाख करोड रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा ३३ प्रतिशतले बढि हो । यो सम्पत्ति स्वास्थ्य र आयुष मन्त्रालयको ३० वर्षको बजेट, शिक्षा मन्त्रालयको २६ वर्षको बजेट तथा मनरेगा प्रोजेक्टको ३८ वर्षको बजेट बराबर हो ।
प्रतिक्रिया