शनिबार, जेठ ३२, २०८२

सल्यानको सुन्तला बगैँचामा ‘पिङ्क डिजिज’

नेपालखोज २०८० भदौ १७ गते ७:१३

कर्णाली । सल्यान जिल्लाका सुन्तला बगैँचामा गुलाबी रङको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसहित विज्ञको टोली त्यहाँ पुगेको छ ।

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानको सुन्तलामा लागेको रोगको नमूना परीक्षण गर्दा पिङ्क डिजिज (गुलाबी रोग) पत्ता लागेको थियो ।

रोग देखिएलगत्तै किसानको समस्या समाधान गर्न सो किसानसँग सरकार कार्यक्रमअन्तर्गत एकीकृत प्रयोगशाला सुर्खेतका विज्ञसहितको प्राविधिक टोली सल्यान, बागचौर नगरपालिका–९ स्थित सुन्तला किसानको बगैँचामा पुगेको थियो ।

प्रतिक्रिया