बिहीबार, वैशाख २०, २०८१

फिटनेस : ‘इभिनिङ वाक’को फाइदा

नेपालखोज २०८० भदौ १८ गते ५:५२

काठमाडाैं । हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा हामीले सानैदेखि सुन्दै आएका छौं । तर तपाईंलाई थाहा नहुन सक्छ बेलुकाको खानापछि हिँड्नु किन जरुरी छ र यसका कति फाइदा छन् ? तपाईंको तौल अनियमितरूपमा बढ्दै छ भने बेलुकाको खानापछि हिँड्नु झनै जरुरी हुन्छ, खाना खानेबित्तिकै हिँड्दा धेरै रोगहरू हट्छ र निद्रा पनि राम्री लाग्छ आउँछ । खाना पनि राम्ररी पच्छ । बेलुकाको खाना खाइसकेपछि हिँड्दा हुने केही फाइदाहरू यसप्रकार छन् :

फाइदाहरू

–खाना खाइसकेपछि हरेक दिन १०–२० मिनेट हिँड्ने हो भने खाना राम्रोसँग पच्ने र पाचन शक्ति बलियो हुन्छ । खाना खाइसकेपछि तुरुन्तै सुत्दा खाना राम्ररी पच्दैन र पाचनसम्बन्धी धेरै समस्याहरू देखा पर्छन् । त्यसैले अबदेखि हरेक दिन खाना खाइसकेपछि कम्तीमा १० मिनेट हिँड्ने बानी बसाल्नुहोस् ।

– खाना खाएपछि हिँड्दा रगतमा चिनीको मात्रा कायम रहन्छ । अर्थात दैनिक खाना खाएर हिँड्नुभयो भने मधुमेहबाट पनि बच्न सकिन्छ ।

– ग्यासको समस्या र पेट फुल्ने समस्याले हैरानी हुनुहुन्छ भने हरेक दिन खाना खाएपछि हिँड्नुहोस्, यी लक्षणहरू कम भएको थाहा पाउनुहुनेछ ।

– खाना खाएपछि हिँड्दा मुटु स्वस्थ रहन्छ । त्यसैले, दिनहुँ हिँड्नुपर्छ ।

– खाना खाएपछि हिँड्दा मानसिक स्वास्थ्यमा पनि सुधार हुन्छ, तनाव कम हुन्छ, बेचैनी कम हुन्छ र मुड सुधार्छ ।

– यदि, तपाईंको छ भने राति हिँड्दा तपाईंलाई धेरै उच्च रक्तचापमा फाइदा हुन्छ । यसले मुटु रोग, स्ट्रोक, उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ ।

– खाना खाइसकेपछि, छिटो गतिमा हिँड्नु पर्दैन, तर नियमित भने हिँड्नुहोस् । तपाईं बिहानको खानापछि, खाजापछि र बेलुकाको खानापछि १० मिनेट नियमित हिँड्न नबिर्सनुहोस् ।

प्रतिक्रिया