चारवटा प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेकाे जल तथा माैसम पर्वानुमान महाशाखाले जनाएकाे छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको महाशाखाले उल्लेख गरेकाे छ ।
अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन् चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन् चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया