शनिबार, जेठ ३२, २०८२

नेकपा एकीकृत समाजवादीकाे सचिवालय बैठक बस्दै

नेपालखोज २०८० भदौ १८ गते ८:२९

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकाे सचिवालय बैठक बस्दै छ । आलोकनगर, शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जनाइएको छ ।

आजकाे सचिवालय बैठकमा यसअघि केन्द्रीय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

आउँदो माघमा हुने महाधिवेशनको तयारीका विषयमा पनि छलफल हुने र सोहीअनुसार जिम्मेवारी बाँडफाँडका सम्बन्धमा पनि निर्णय हुन सक्ने जनाइएकाे छ ।

प्रतिक्रिया