शनिबार, जेठ ५, २०८१

वीर अस्पतालबाट हाम्फालेका पुरुषको शव लिन कोही आएन

नेपालखोज २०८० भदौ १८ गते १२:५५

काठमाडौं । वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर आज एक अज्ञात पुरुषले आत्महत्या गरेका छन् । उनको पहिचान खुलेको छैन ।

अस्पतालका निर्देशक सन्तोष पौडेलले शवलाई पोस्टमार्टमका लागि पठाइएको बताए । अहिलेसम्म शव दाबी गर्न कोही पनि आफन्त नआएको उनले जानकारी दिए ।

घटना आज बिहान अन्दाजी तीन बजेर १० मिनेटमा भएको हो । अस्पताल सुनसान भएको अवस्थामा ती पुरुष बाहिरबाट आएर सरासर भवनको छैटौँ तल्लामा उक्लिएका थिए ।

उनी माथिबाट फाल हानेपछि गार्डले थाहा पाए । टाउको फुटेको अवस्थामा इमर्जेन्सीमा लगे । तर, त्यहाँ डाक्टरले तत्कालै मृत घोषित गरेका थिए ।

अस्पताल स्रोतका अनुसार हुलिया हेर्दा मृतक अति विपन्न व्यक्ति जस्तो देखिन्छन् । उनले फाटेको लुगा लगाएका थिए । उनको साथमा मोबाइल परिचयपत्र केही पनि भेटिएको छैन ।

प्रतिक्रिया