शनिबार, जेठ ३२, २०८२

सिंगल युज प्लास्टिक ठूलो समस्या

नेपालखोज २०८० भदौ १९ गते ७:०२

काठमाडाैं । प्लास्टिक प्रदूषण सबैभन्दा गम्भीर वातावरणीय संकट मध्ये एक हो। विश्वमा वार्षिक ४३ करोड टनभन्दा बढी प्लास्टिक उत्पादन हुन्छ । यसमध्ये आधा सिंगल युज प्लास्टिक हो, जसमध्ये १० प्रतिशत भन्दा कम पुनस् प्रयोग गरिन्छ ।

दोस्रो विश्वयुद्ध पछि, प्लाष्टिकको व्यावसायिक उत्पादन ठूलो मात्रामा बढ्यो र केही दशकभित्रै यसको प्रयोग हाम्रो जीवनको हरेक पक्षमा फैलियो । प्लास्टिकले धेरै पक्षमा क्रान्ति ल्याएको छ, तर सिंगल युज प्लास्टिक र थ्रो(अवे संस्कृतिले प्लास्टिकको उत्पादन र खपतमा ठूलो वृद्धि ल्याएको छ ।

समुन्द्र पनि नालीमा परिणत

करिब २५ मिलियन टन प्लास्टिक नदी, ताल तथा महासागरमा पुग्ने अनुमान गरिएको छ। समुद्र प्लास्टिक प्रदूषणको ठूलो भण्डार जस्तै हो। फोहोर खोलाको पानीमा फाल्ने प्रवृत्तिले ठूला नदीहरू हुँदै समुद्रमा प्लास्टिकको थुप्रो लाग्छ । यस्तो
फोहोरको ठूलो हिस्सा समुद्रमा नै रहन्छ । कहिलेकाहीँ छालले ती फोहोरलाई संसारका विभिन्न भागका किनारामा पुर्याउँछ ।

पृथ्वीको दुर्गम भागहरूमा पनि पुग्यो

तस्बिरहरूमा समय(समयमा यसको नतिजाको झलक पाइन्छ । जस्तो प्लास्टिकको झोलामा फसेर कछुवाको मृत्यु भएको वा, मुख्य भूमि नर्वे र उत्तरी ध्रुवको बीचमा अवस्थित स्वाल्बार्ड जुन सबैभन्दा उत्तरी निर्जन क्षेत्र हो। यस्तो ठाउँमा पनि एक ध्रुवीय भालु मुखमा प्लास्टिकको झोला लिएर उभिएको पाइन्छ ।

यसैगरि प्लास्टिकको डोरीले बनेको जालमा पर्र सिल माछा मरेका छन । यसमा जनावरहरूले ठूलो मूल्य तिरिरहेका छन् । एउटा हक्सबिल कछुवा समुन्द्रको किनारमा सुतिरहेको अवस्थामा फेला परेको थियो । पोस्टमार्टम गर्दा उसको पेटमा प्लाष्टिकका सामान फेला परेका थिए । मरिन पोल्युसन बुलेटिनको अनुसन्धान अनुसार संयुक्त अरब इमिरेट्सको शारजाँहमा मर्ने हरियो कछुवामध्ये ७५ प्रतिशत समुद्रमा रहेको प्रदूषकका कारण मर्ने बताइन्छ ।

लाखौं जनावर मारिएका छन्

संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा होस् वा समुद्रको कुनै पनि दुर्गम भाग जताततै प्लास्टिकको उपस्थिति छ। प्लाष्टिकका कारण वर्षेनी लाखौं जनावरको मृत्यु हुने अनुमान गरिन्छ । खानाको खोजीमा भएको गाईलाई प्लास्टिकको झोला निलिरहेको देख्नु नेपाल ( भारत तिर सामान्य हो । प्लाष्टिक सामुद्रिक जीवहरूका लागि पनि विनाशकारी प्रकोप बनेर आएको छ।

प्लास्टिक उत्पादन घटाउनुपर्छ

अप्रिल २०२३ मा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले प्लास्टिक प्रदूषण कम गर्ने लक्ष्यलाई रेखांकित गर्दै भनेका थिए -प्रत्येक मिनेटमा एक ट्रक प्लास्टिक समुन्द्रमा फ्याँकिन्छ । प्लास्टिक प्रदूषण र यसको प्रभाव कम गर्न हामीले प्लास्टिकको उत्पादन घटाउनु पर्छ। ।

के तपाइँ आफ्नो व्यक्तिगत प्लास्टिक प्रयोग कम गर्ने प्रयास गर्दै हुनुहुन्छ ?

प्रतिक्रिया