कोशी प्रदेश सरकारविरुद्धको रिटमा प्रतिवादीको बहस आज
नेपालखोज
२०८० भदौ १९ गते ७:२८

काठमाडाैं । कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजबाट सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाइ हुँदै छ । हिजाे समय अभावका कारण ‘हेर्दा हेर्दै’ मा राखिएपछि आजबाट सुनुवाइ हुने भएको हाे ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोदेखि निरन्तर सुनुवाइ सुरु भएको थियो ।
बुधबार (भोलि)सम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पक्षका एक वकिलले बताए ।
सम्बन्धित
प्रतिक्रिया